Lower Erkhuwa Hydropower Project (14.15 MW)

Sunday - Friday : 10:00 AM to 5:00 Pm

News & Events

नेसनल हाइड्रोपावरले २७ मेगावाटका दुई आयोजना बनाउँदै, इर्खुवाखोला निर्माणको काम सुरु हुँदै।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसंग इर्खुवाखोला आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री (पीपीए) को काम सम्पन्न गरेको छ । आयोजना निर्माणका लागि आन्तरिक तयारी थालेको छ । मादमीको सम्भाव्यता अध्ययन गरी पीपीएका लागि प्राधिकरणमा निवेदन दिएको कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार इर्खुवा आयोजना बनाउन लोअर इर्खुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड गठन भइसकेको छ ।

काठमाडौं । निजी लगानीबाट सञ्चालित नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७ मेगावाट क्षमताका दुई ओटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले १४.५ मेगावाटको इर्खुवाखोला र १२.३ मेगावाटको मादमीखोला जलविद्युत आयोजना बनाउन लागेको हो । नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेपछि नेसनलले आफनो आम्दानी र साझेदारको लगानीबाट दुईटा आयोजना बनाउन लागेको हो । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग इर्खुवाखोला आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री (पीपीए) को काम सम्पन्न गरेको छ । आयोजना निर्माणका लागि आन्तरिक तयारी थालेको छ । मादमीको सम्भाव्यता अध्ययन गरी पीपीएका लागि प्राधिकरणमा निवेदन दिएको कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार इर्खुवा आयोजना बनाउन लोअर इर्खुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड गठन भइसकेको छ । त्यो कम्पनीमा नेसनलको ६७ प्रतिशत सेयर छ । मादमी जलविद्युतमा नेसनलको सतप्रतिशत स्वामित्व रहेको पाण्डेले जानकारी दिए । मादी आयोजना नेसनल हाइड्रोकै नाममा लाइसेन्स लिएको छ ।

४ वर्षमा इर्खुवा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको उनले सुनाए । सो आयोजनाबाट वार्षिक रुपमा ४० करोड रुपैयाँ आम्दानी हुने छ । इर्खुवा २०७९ माघमा ल्याउने योजना योजना तय भएको छ । मादमीको लाइसेन्स पाएको एक वर्ष भएको छ । आयोजना अध्ययनका क्रममा छ । इर्खुवामा केही व्यवसायिक प्रतिष्ठानले लगानी गर्ने भएका छन् । तर, अधिकांश लगानी नेसनल हाइड्रोकै ‘क्यास फ्लो’बाट पूरा गर्ने तयारी छ । नेसनलले सञ्चालन गरिरहेको ७.५ मेगावाटको माथिल्लो इन्द्रावती आयोजनाले बिजुली बिक्रीबाट वार्षिक २० करोड रुपैयाँ आम्दानी गर्छ । सोही आम्दानीबाट कम्पनीलाई ८ करोड रुपैयाँ खुदनाफा हुन्छ । त्यो नाफा आयोजनामा लगानी गरिने पाण्डेले जानकारी दिए । ‘४ वर्षभित्र इरखुवाका लागि हामीले इक्विटी पुयाउँछौं,’ उनले भने । नयाँ आयोजना बनाएर लगानीकर्तालाई प्रतिफल दिन लागेको हो । नेसनलबाट लगानीकर्ताले प्रतिफल पाउने संभावना नभएका कारण नयाँ आयोजना निर्माण गर्न लागेको कम्पनीको भनाई छ ।

तल्लो इन्द्रावतीको लाइसेन्स लिन पहल

४.५ मेगावाटको इन्द्रावती जलविद्युत् आयोजनाको लाइसेन्स खारेज भएपछि फिर्ता लिन पहल भइरहेको पाण्डेले जानकारी दिए । गत आर्थिक वर्षमा नेसनलले ६ करोड रुपैयाँ नाफा गरेको छ । इन्द्रावतीको लाइसेन्स खारेज भएकाले पनि तत्काल लाभांश बाड्ने स्थिति छैन । किनकि त्यसमा गरेको लगानी ‘ब्याड लोन’ मा परिणत भएको छ । त्यही ब्याड लोनका कारण कम्पनीको बासलात नेगेटिभ छ । फलस्वरुप, नेगेटिभ देखिएपछि हामीले लाभांश दिन सक्ने अवस्था छैन । लाभांश दिनका लागि तल्लो इन्द्रावती आयोजना ल्याउनु पर्छ । तल्लो इन्द्रावतीको लाइसेन्स आउने बित्तिकै नेसनलको ७३ करोड रुपैयाँ व्याड लोन मध्ये ६० करोड रुपैयाँ घट्छ । त्यसपछि कम्पनी बचतमा जाने देखिन्छ । नेसनलको खातामा रहेको ऋण चुक्ता हुन्छ ।