Lower Erkhuwa Hydropower Project (14.15 MW)

Sunday - Friday : 10:00 AM to 5:00 Pm

News & Events

Bank Loan

एनएचपीसीको ईर्खुवा खोलाले लगानी पायो, १५ करोडको आईपीओ निष्कासन गर्ने।

काठमाडौं । भोजपुर जिल्लामा अवस्थित ईर्खुवा खोलामा १४.१५ मे वा समताको जलविद्युत आयोजनाको निर्माणको लागि करिब १ अर्ब ७२ करोड रुपैयाको ऋण लगानी जुटेको छ ।

नेशनल हाइड्रो पावर मुख्य प्रवर्द्क रहेको लोअर ईर्खूवा हाइड्रो पावर कम्पनी तथा माछापुच्छे बैकको अगवाइमा नेपाल एसवि आई बैंक लि, र ज्योति विकास बैंक ऋण उपलब्ध गराउनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त आयोजनाको लागि करीब ७५ करोड रुपैयाँको पूँजी लगानी नेशनल हाइड्रो पावर लि र अन्य अरु लगानीकर्ताहरुले उपलब्ध गराउने छन् । सो आयोजनाबाट २०७९ सालसम्ममा विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको हाल करिब २५०० मीटरको मुरुङ्ग मा ८१० मीटर उत्खनन भइसकेको कम्पनीले जनाएको छ । पहुँच माग , आवश्यक जग्गा प्राप्ती जस्ता कामहरू सम्पन्न भइसकेका छन् र आयोजना स्थलमा सुरक्षा उपलब्ध गराउन नेपाली सेना तैनाथ रहेको सम्ेत जानकारी गराइएको छ ।

आयोजनाबाट बार्षिक ७ करोड ५० लाख युनिट बिजुली उत्पादन हुँदा करिब ४३ करोड रुपैयाँ बिजुली विक्रिबाट कम्पनीलाई आम्दानी उपलब्ध कम्पनीले जनाएको छ । यो कम्पनीले २०७८ र २०७९ मा करिब १५ करोड रुपैयाँको आईपीओ सर्वसाधारणमा जारी गर्नेछ र सो रकम आयोजना निर्माणमा खर्च गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले बैंकहरुसंग लिएको ऋणको सावा व्याजको भुक्तानी आयोजना संचालनमा आएको १२ वर्षभित्र गरिसक्ने सम्झौतामा उल्लेख छ । लोअर ईख्र्वा हाइड्रो पावर कम्पनी लिको प्रमुख प्रवर्दक नेशनल हाइड्रो पावर कम्पनी लिले विगत १८ वर्षदेखि सिन्धुपाल्चोक जिल्लामा ७.५ मेगावाट क्षमताको इन्द्रावती तेश्रो आयोजना संचालन गर्दै आएको छ भने सोहि जिल्लामा ४.५ मेगावाटको तल्लो इन्द्रावतीको इजाजत पत्र प्राप्त गर्ने क्रममा रहेको छ ।

यो कम्पनीको बार्षिक करीब २० करोडको आम्दानी रहेको कम्पनीले दावी गरेको छ । यसले इन्द्रावती तेश्रो आयोजना निर्माण गर्न बैंकहरुसंग लिएको ऋण २०७४ सालमा नै चुक्ता गरिसकेको कम्पनीले जनाएको छ ।